सर्वोच्च पुगिन् सरिता गिरी

२८ असार २०७७, आईतवार १९:१७

सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही गरेको भन्दै उनी आइतबार सर्वोच्च पुगेकी छन् । गिरीको रिटको पेसी आगामी मंगलबारका लागि तोकिएको छ।

समाजवादी पार्टीले पार्टीको ह्वीप विरुद्ध गएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट निष्कासन गरेको थियो ।

गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भारतले अतिक्रमण गरेको नेपाली भू–भाग समेटेर जारी गरिएको नयाँ नक्सामा पास गर्न संविधान संशोधन गर्दा पक्षमा मतदान गरेकी थिइन् भने बैठक उनले बहिष्कार गरेकी थिइन्।