कम्प्युटर जस्तो तेज दिमाग भएको सन्तान चाहानुहुन्छ ? खानामा समाबेश गर्नुस् यी चिज ।

१६ भाद्र २०७७, मंगलवार १८:४७

काठमाडौँ । गर्भावस्थामा नै बच्चाको दिमागी विकास शुरु हुन्छ। यस्तोमा शिशु कत्तिको बुद्धिमान् हुन्छ भन्ने कुरा आमाको खानेकुरामा धेरै हदसम्म निर्भर गर्छ। यस्तोमा तेज दिमाग भएको बच्चाको लागि गर्भवती महिलाले आफ्नो खानामा यी कुराहरु समावेश गर्नु जरुरी हुन्छः

अण्डा : अण्डामा कोलिन नामको तत्व हुन्छ, जुन दिमागको विकासको लागि जरुरी हुन्छ । यसबाट स्मरणशक्ति पनि बढ्नका लागि सहयोग पुग्छ।

साथै अण्डामा आइरन र प्रोटिन पनि हुन्छ । यो पनि दिमागी विकासको लागि निकै जरुरी हुन्छ । यो अण्डाको पँहेलो भागमा पाइन्छ । त्यसैले अण्डाको सबै भाग खानु जरुरी हुन्छ।

पालुङ्गो: गर्भावस्थामा खानामा पालुङ्गो निकै फाइदाजनक हुन्छ । यसमा रहेको फोलिक अम्ल डीएनए र कोषको संरचनाको विकासको लागि निकै फाइदाजनक हुन्छ ।

पालुङ्गोमा प्रोटिन, फाइबर, भिटामिन र अरु धेरै किसिमको प्रोटिन हुन्छ, जुसले दिमागको विकासको लागि सहयोग गर्छ । यद्यपि पालुङ्गोलाई निकै राम्रोसँग पकाउनु जरुरी हुन्छ।

दाल: दालमा पनि भरिपूर्ण मात्रामा प्रोटिन हुन्छ। गर्भावस्थामा दालमा घिउ हालेर खाने सल्लाह दिइने गरिन्छ । गर्भावस्थामा दाल खानु निकै जरुरी हुन्छ । दाल आइरनको पनि राम्रो स्रोत हो।

दही: दहीमा पनि उल्लेख्य प्रोटिन हुन्छ जसको कारण गर्भावस्थाको समयमा दहीलाई खानामा राखिनु जरुरी हुन्छ । यससँगै भ्रूणको दिमागको विकासमा सहयोग मिल्नेछ ।

एभोगाडो: मानिसको दिमाग ६० प्रतिशत बोसोले बनेको हुन्छ। यसका लागि फ्याटको जरुरी हुन्छ। जुन, एभोगाडोमा भरपूर मात्रामा हुन्छ । यसमा मानोअनसेचुरेटेड फ्याट पाइन्छ। यसबाट दिमागको विकासमा सहयोग पुग्नेछ।

फर्सीको बिऊ : फर्सीको बियाँ पनि गर्भावस्थामा खानु निकै फाइदाजनक हुन्छ। यसमा जिंक पाइन्छ, जुन बच्चाको दिमागी विकासकोलागि अत्यन्तै जरुरी हुन्छ । यसलाई सलादको रुपमा पनि खान सकिन्छ।

बदाम: गर्भावस्थामा बदाम खानु पनि बच्चाको दिमागी विकासको लागि निकै जरुरी हुन्छ । यसमा प्रोटिन, फ्याट, भिटामिन बी र फोलेट पाइन्छ । यसमा भिटामिन ई पनि हुन्छ ।