विहानै देखिएका यस्ता ५ चिजले दिनेछ राम्रो संकेत

१३ आश्विन २०७७, मंगलवार २३:३९

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१. कुकुर: शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

२. आगो: विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

३. गाई: विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४. श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।

५. धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

थप अरू पनि पढ्नुहोस्

काठमाडौं । शैलपुत्रीले भगवान शंकरलाई पतिका रूपमा प्राप्त गर्नको लागि घोर तपस्या गरिन् । यस कठिन तपस्याका कारण देवीको नाम तपश्चारिणी अर्थात्‌ ब्रह्मचारिणीबाट चर्चित हुन थाल्यो । माता दुर्गाको नवशक्तिको दोस्रो रुप हो ब्रह्मचारिणी । यहाँ ब्रह्मको अर्थ अर्थ तपस्या हो ।

माता दुर्गाको यो स्वरुप स्वरूप भक्त तथा साधकहहरुलाई अनन्त फल दिनेवाला स्वरुप हो । उनको उपासनाले तप, त्याग, वैराग्य, सदाचार तथा संयमको बृद्धि हुने गरेको छ । ब्रह्म को अर्थ तप र चारिणीको अर्थ आचरण गरेर यी देवीको नामबाट नै अर्थ स्पष्ट हुने गरेको छ । देवीको यो रुप पूर्ण ज्योतिर्मय तथा अत्यन्त भव्य रहेको छ । यस देवीको दायाँ हातमा जपको माला तथा बायाँ हातमा कमण्डलु धारण गरिएको छ।

पूर्वजन्ममा यस देवीले हिमालयको घरमा छोरीको रुपमा जन्म लिएका थिए । त्यहीँ रहँदा नारदको उपदेशलाई शिरोपर गर्दै भगवान शंकरलाई पति रुपमा प्राप्त गर्नको लागि घोर तपस्याको सुरुवात गरेकी थिइन् । यस कठिन तपस्याको कारण उनलाई तपश्चारिणी अर्थात्‌ ब्रह्मचारिणी नामद्वारा चिन्न थालिएको हो । एक हजार वर्षसम्म यिनले केवल फलफूल खाएर बिताएकी थिइन् । उनी सय वर्षसम्म मात्रै जमिनमा बसेर तपस्या गरेकी थिइन् ।

केयौं दिनसम्म कठिन उपवास गरेर, खुल्ला आकासमाथि बास बसेर बर्ष, जाडो र गर्मीको कष्ट सहेर तीन हजार वर्षसम्म भगवान शंकरको आराधना गरिरहिन् । त्यतिबेलासम्म त सुख्खा पात खाएर बाँचेकी उनले त्यसपछि त सुख्खा पात पनि खान छोडिदिइन । त्यसपछि उनी हजारौं वर्षसम्म निर्जल तथा निराहार रहेर तपस्या गर्न थालिन् । पात पनि खान छाडेकाले यिनको नाम अर्पणा रहन गयो ।

कठिन तपस्याका कारण देवीको शरीर एकदम क्षीण हुन पुग्यो। देवता, ऋषि, सिद्धगण, मुनि सबैले ब्रह्मचारिणीको तपस्याका अभूतपूर्व पुण्य भएको बताए । देवताहरुले उनको प्रशंसा गर्दै भने –हे देवी ! आजसम्म कसैले पनि यस्तो प्रकारको कठोर तपस्या गरेका थिएनन् । यो तिमीबाट मात्रै सम्भव थियो । तिम्रो मनोकामना पूर्ण हुनेछ । अर्थात् भगवान शिव तिम्रो पति रुपमा तिम्ले प्राप्त गर्नेछ्यौ । अब तपस्या छोडेर घर जाउ ।

यसरी तपस्याबाट आफ्नो सिद्धिप्राप्ति गरेकोले यिनको नाम पनि ब्रह्मचारिणी रहन गएको हो । दुर्गा पूजाको दोस्रो दिन यिनै देवीको पूजा गरिन्छ । यो कथाको सार पनि यही हो कि जीवनको कठिन समयमा पनि जीवनमा हार खानु हुँदैन भन्ने । यिनै सन्देश दिने देवीलाई ‘दधाना करपद्माभ्यामक्षमालाकमण्डलू। देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा॥’ मन्त्रले पुकारिन्छ ।